- कृष्ण सापकोटा “विशेष”
साँचो माया लाएपछि बाचा कसम किन खानु
सिउदोलाई रगत छ सिन्दुर किन सानु
दुई मुटु एक भई एउटै धड्कन भएपछी
माया प्रेम देखाउन डराउने किन नानु
तिमि राधा म कृष्ण हामी दुवै संगै हुँदा
आशीर्वाद माग्नलाई मन्दिर किन जानु
हुन्छ भन तिमि अब पन्चेबाजा घन्काउला
रमाइलो त्येही हुन्छ भगाएर किन लानु
साँचो माया लाएपछि बाचा कसम किन खानु
सिउदोलाई रगत छ सिन्दुर किन सानु
Post a Comment