दुर्लभका गजल
![]() |
| रुद्र सापकोटा "दुर्लव" |
दुई आँखा मिले भने माया बस्छ भन्छन,
अधेरीमा तारा पनि भुई खस्छ भन्छन ।
मिलन हुदा दुनियानै छुनुमुनु नाचिदिन्छ,
बिछोड हुदा मुटु भित्र झिर पस्छ भन्छन ।
सात जुनी किन चाहियो यही जुनी राम्रो भए,
विश्वासको डोरीले सम्वन्धलाई कस्छ भन्छन ।
जुन हेरे जुन राम्रो तारा हेरे तारा राम्रो,
फड्की हिड्ने आँखाले गोमन साप झै डस्छ भन्छन ।
हाँस्न पनि उही एउटा वाँच्न पनि उही एउटा,
दुर्लभ यो मायाको यही एउटा जस्छ भन्छन ।

===============